अन्तर्राष्ट्रिय उपाधि ‘मिस सुप्रानेसनल’ नेपाल भित्र्याउन चाहन्छु: डा. आयुष्नोभा



काठमाडौं। पछिल्लो समय सौन्दर्य प्रतियोगितामा फेसन बाहेकका विभिन्न क्षेत्रका व्यक्तिको पनि आकर्षण बढ्दो छ। चिकित्सक आयुष्नोभा ढुङ्गाना पनि ती व्यक्ति हुन् जसले चिकित्सा क्षेत्रबाट सौन्दर्य प्रतियोगिता ‘मिस्टर एन्ड मिस नेशनल’मा सहभागिता जनाएकी छन्।

उनी पेसाले डाक्टर हुन्। कहिले काहीँ मोडलिङ पनि गर्छिन्। कलाकारिता र डाक्टर पेशा एकसाथ अगाडि बढाइरहेकी ढुङ्गाना बंगलादेशबाट एमबिबिएस गरेकी छन्। संयुक्त राज्य अमेरिकाको हार्वर्ड मेडिकल स्कुलबाट जनेशरल साइकीह्याटीक म्यानेजमेन्ट, साइको इडुकेशन, बाइप्लोर डिसअडर, डिप्रेसन पोस्ट ग्रेजुएशन क्रेडिट पाठ्यक्रममा उनले १०० प्रतिशत क्रेडिट पाएकी थिइन्। अहिले हार्वर्ड स्कुलकै अटिजम पोस्ट ग्रेजुएशन क्रेडिट कोर्स गर्दै छिन्।

‘मिस्टर एन्ड मिस नेशनल’तर्फ उनी मिस नेशनलको प्रतियोगी हुन्। पोल्यान्डमा आयोजना हुने ‘मिस सुप्रा नेशनल’मा देशको प्रतिनिधित्व गर्ने उद्देश्यले उनी यो प्रतियोगितामा सहभागी भएको बताएकी छन्।

‘मिस्टर एन्ड मिस नेशनल’ प्रतियोगिताको फाइनल आगामी मेको १ मा हुँदैछ। मिस नेशनलका निर्देशक डा. सन्तोष उपाध्याय पनि चिकित्सक नै हुन्। उनी मिस्टर नेशनलका अन्तर्राष्ट्रिय तेस्रो विजेता समेत हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu