‘हजुर मुसुक्कै’ गायक कृष्णको ‘निरमाया’ पनि सफलताको बाटोमा



काठमाडौं। चार दिन अघि रिलिज भएको म्युजिक भिडियो ‘निरमाया’ले यसलाई सार्वजनिक गरिएको प्लेटफर्म ‘युट्युब’मा ११ लाख भ्यूज प्राप्त गरेको छ। गायक कृष्ण विकले गायिका स्मिता दाहालसँग युगल स्वर दिएको यस गीतले कृष्णका पहिले सार्वजनिक गीत जसरी नै सफलता पाउने बाटोमा अघि बढेको छ।

प्रेमिल भावको यस गीतमा शब्द तथा सङ्गीत भीम बिसीको रहेको छ।वर्षमा २ वटा मात्र गीत सार्वजनिक गर्ने गायक विकले यो गीत सार्वजनिक भएसँगै आफूले सङ्ख्यामा भन्दा पनि गुणस्तरमा ध्यान दिने गरेको बताएका थिए। उनले यसअघि ‘हजुर मुसुक्कै’, ‘यानी माया रानी माया’, ‘रातो टिकी’ लगायतका गीत सार्वजनिक गरेका थिए।

आफ्ना गीतका भिडियोहरूमा कृष्णले चलचित्रका प्रख्यात कलाकारहरूलाई अभिनय गराउँदै आएका छन्। नयाँ गीत ‘निरमाया’को भिडियोमा उनले अभिनेत्री प्रियङ्का कार्की, अभिनेता आशीर्वाद क्षेत्री र सलिना खत्रीलाई अभिनय गराएका छन्।

दुई वर्ष अगाडी रिलिज भएको गीत ‘हजुर मुसुक्कै’ले यो समाचार तयार पार्दा सम्म चालिस लाख भ्यूज पाएको छ । यस म्युजिक भिडियोमा महानायक राजेश हमाल र अभिनेत्री निरुता सिंहले अभिनय गरेका छन्। त्यस्तै उनले ६ महिना अगाडी सार्वजनिक गरेको गीत ‘रातो टिकी’ले तीस लाख भ्यूज पाइसकेको छ। यसमा पनि महानायक राजेश हमाल, अभिनेता दिलीप रायमाझी, अभिनेत्री द्वय निता ढुङ्गाना र केकी अधिकारीले अभिनय गरेका छन्। १ वर्ष पहिलेको कृष्णको गीत ‘यानी माया रानी माया’ भने अन्य म्युजिक भिडियोहरूको तुलनामा कम सफल छ।

‘नाइँ नभन्नु ल ६’ चलचित्रबाट एक्सन अभिनेताको रूपमा आएका क्षेत्रीले पहिलो पटक म्युजिक भिडियोमा अभिनय गरेका हुन्। क्षेत्रीले म्युजिक भिडियोमा अभिनय गर्ने सोच बनाएका थिएनन् तर, उनले गीत, भिडियो मेकिङको कन्सेप्ट र टिम हेरेर यस म्युजिक भिडियोमा अभिनय गर्न तयार भएका थिए।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu