टेलिभिजन सिरिज ‘ठुल्दिदी’ बन्दै



काठमाडौं। प्रज्ञा फिल्मस्को प्रस्तुतिमा बन्ने नयाँ टेलिभिजन सिरिज ‘ठुल्दिदी’को काठमाडौंमा शुक्रवार मुहूर्त गरिएको छ।

प्रज्ञा जोशीको निर्देशन रहने यसमा प्रज्ञा, विष्णु रिजाल, माधव खनाल, आमिश्का बुढाथोकी, विमल धमला र विनयराज पौडेलको अभिनय रहनेछ। यस सिरिजमा लय सङ्ग्रौलाको लेखन र गीत, विकास चौधरीका सङ्गीत, प्रिया नगरकोटीको शृङ्गार, विमल धमलाको प्रोडक्सन र मदन कश्यप घिमिरेको छायाङ्कन रहनेछ।

प्रज्ञाले यसअघि ठूलोपर्दामा ‘सम्झना’, ‘नोटबुक’, ‘सपुत’, ‘न बिर्से तिमीलाई’लगायतका फिल्म निर्माण गरेकी छन्। उनले यसअघि निर्माण गरेको टेलिसिरियल ‘सिन्दूर’ हिट टेलिसिरियलमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu