![](https://i0.wp.com/www.thuloparda.com/wp-content/uploads/2024/04/Babita-Shrestha.jpg?resize=720%2C405&ssl=1)
काठमाडौं। म्युजिक भिडियो निर्देशकहरूको साझा संस्था ‘नेपाल म्युजिक भिडियो निर्देशक समाज’को अध्यक्षमा बबिता श्रेष्ठ मलेकु निर्विरोध निर्वाचित भएकी छन्। शनिवार भएको दोस्रो अधिवेशनले श्रेष्ठको नेतृत्वमा दुई वर्षे कार्यकालको लागि निर्विरोध रूपमा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो।
प्रथम उपाध्यक्षमा डि आर सुजन, द्वितीय उपाध्यक्षमा जनक सिंह, महासचिवमा दयाराम घिमिरे, सचिवमा प्रविण थापा, कोषाध्यक्षमा छत्रबहादुर श्रेष्ठ (काजिस) र सह कोषाध्यक्षमा अञ्जन पुडासैनी चयन भएका छन्। सदस्यहरूमा जयदत्त भट्ट (जयराज), खमेश श्रेष्ठ, राजु श्रेष्ठ, देवेन्द्र कुँवर, राजकुमार दर्जी, सुरेन्द्र बसेल, रुद्रबहादुर बुढाथोकी (शिशिर) र सङ्गीत सागर बुर्जा चयन भएका छन्।
यस संस्थाको स्थापना विधान कार्कीको अध्यक्षतामा तीन वर्ष अघि भएको थियो।