लोकेश र गुल्सनलाई ‘मनसरा’ले दियो जनही १० हजार पुरस्कार



काठमाडौं। दर्शक र कविता प्रेमीहरूबाट न्यायो साथ पाएको नेपाली चलचित्र ‘मनसरा’को प्रचारका लागि क्रिकेट मैदानमा पुगेको छ। आइतबार ‘मनसरा सट अफ द डे’बाट क्रिकेटर लोकेश बम पुरस्कृत भएका छन्।

आइतबार वेस्ट इन्डिज ‘ए’ विरुद्ध भएको दोस्रो टी-२० खेलमा नेपालका बमले १६ बलमा एक चौका र २ छक्का प्रहार गरेका थिए। सोही कारण ‘मनसरा’ले उनलाई नगद १० हजार रुपैयाँको पुरस्कार प्रदान गरेको हो। यस चलचित्रकी अभिनेत्री मिरुना मगरले बमलाई पुरस्कार प्रदान गरिन्।

त्यस्तै, शनिवार नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच भएको खेलमा उपस्थित रही नेपाली खेलाडी गुल्सन झालाई नगद १० हजार रुपैयाँको ‘सट अफ द डे’ प्रदान गरिएको थियो।

दुई देशबिच शनिवार भएको रोमाञ्चक भिडन्तमा नेपालले दुई बल बाँकी छँदै इन्डिजमाथि जित दर्ता गर्‍यो। यस क्रममा गुल्सन झाले अन्तिममा लगातार दुई चौका प्रहार गरेका थिए। झाले प्रहार गरेका यी चौकाले नेपाललाई दुई बल बाँकी छँदै जित दिलाएको थियो। उनलाई यो पुरस्कार ‘मनसरा’का निर्माता-सिनेम्याटोग्राफर शैलेन्द्र ध्वज कार्कीले प्रदान गरेका थिए।

वैशाख २१ गते रिलिज हुने यो चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधानका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ। उपेन्द्र सुब्बाले निर्देशन गरेको यस चलचित्रका निर्माता छायाकार शैलेन्द्र ध्वज कार्की हुन्। विष्णु कुमार लिम्बु मनोरथ पोखरेल, परशु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu