‘बुहारी’ सिरिज अब ओएसआरको च्यानलमा



काठमाडौं। इन्टरनेट सिरिज ‘बुहारी’ डिजिटल स्ट्रिमिङ ओएसआर डिजिटलको युट्युब च्यानलबाट हुने भएको छ। साथमा यो सिरिजको टेलिभिजन प्रसारण हिमालय टेलिभिजनबाट हुने भएको छ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसका निर्माताले ओएसआर डिजिटलसँग सम्झौता गरेका छन्। सोही कार्यक्रममा हिमालय टिभी र ओएसआर डिजिटलसँग अलग अलग सम्झौता भएको थियो।

हिमालय टिभीका प्रबन्ध निर्देशक श्याम कँडेल, ओएसआर डिजिटलका प्रमुख ओमप्रकाश अग्रवाल र सिरिजका निर्माता तथा निर्देशक रामचन्द्र बोहराले सम्झौताहरूमा हस्ताक्षर गरे।

सिरिज शुक्रवार राती ९ बजे हिमालय टिभीमा प्रसारण हुनेछ भने सोही समयमा ओएसआरको युट्युब च्यानलमा स्ट्रिमिङ हुनेछ। यो समझदारी १ वर्षको लागि भएको हो।

ओएसआरका प्रमुख अग्रवालले पनि स्तरीय कन्टेन्टमा लगानी गर्ने आफ्नो कम्पनीको प्राथमिकता रहेको बताए। अहिले ओएसआरमा जुठे, बुहारी, सीता सिरिजहरू स्ट्रिम भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu