कमेडी च्याम्पियनको तेस्रो संस्करण रोचक बन्दै



काठमाडौं। कमेडी च्याम्पियनको पछिल्लो शृङ्खलामा यही साता उत्कृष्ट १६ बाट बाहिरिएका प्रतिस्पर्धी प्रेम विश्वकर्मा पुर्व राजा ज्ञानेन्द्र शाह बनेर देखिए। यो प्रस्तुतिका कारण उत्कृष्ट १६ बाट बाहिरिएका उनले ‘पर्फमर अफ दि राउण्ड’ प्राप्त गरे, जसको कारण उनले अघिल्लो राउण्डको लागि आफ्नो स्थान समेत सुरक्षित गरेका छन्।

उनी शाह बनेका प्रस्तुति इन्टरनेटमा ‘सेन्सेसन’ बनेको छ। धादिङका प्रेम डिजिटल अडिसन मार्फत उत्कृष्ट ३० मा छानिएका थिए। ज्ञानेन्द्रकै भेष र बोल्ने शैलीकै कारण उनको यो प्रस्तुति चर्चामा छ। ‘पर्फमर अफ दि राउण्ड’ प्रक्रिया बाट दुई साता अघि महावीर पुनको मिमिक्री गरेका कर्म सिंह लामाले पनि उत्कृष्ट ८ मा आफ्नो स्थान बनाएका थिए। 

‘च्यालेन्जर’ कर्म ‘पिओआर’ बनेर ‘भोटिङ राउण्ड’मा प्रवेश गर्दा उत्कृष्ट ९ बाट अच्युत काफ्ले र निश्चल अर्याल बाहिरिएका थिए। यो साता ‘च्यालेन्जर’ प्रेम ‘पिओआर’ बनेर उत्कृष्ट ६ मा  प्रवेश गरेसँगै उत्कृष्ट ७ बाट ‘भोटिङ’को नतिजा आउँदा दुइ जना कमेडियन बाहिरिने निर्देशक विशाल भण्डारीले बताए।

कमेडी च्याम्पियनमा हरेक साता अघिल्ला उत्कृष्ट १६ बाट बाहिरिएका दुई प्रतियोगीले च्यालेन्जरको रुपमा प्रतिस्पर्धा गरिरहेका छन् , जुन शिलशिला आगामी हप्ता सम्म रहने छ। अहिले कमेडी च्याम्पियनमा उत्कृष्ट ७ कमेडियनले आफ्नो प्रस्तुति दिँदै अन्तिम प्रतियोगिताको दौडमा छन्। ‘वाइल्ड कार्ड’बाट समेत प्रतिस्पर्धी फर्कन सक्ने प्रावधान रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu