गायिका भएँ भन्दैमा आफ्नो संस्कृति बिर्सन सक्दिन: एलिना चौहान



काठमाडौं। गायिका एलिना चौहानले वैवाहिक कार्यक्रमको समयमा पतिलाई लामो समय खुट्टा ढोगेको विषयमा बोलेकी छन्। उनले एक मिडिया अन्तर्वार्तामा आफू गायिका भएँ भन्दैमा आफ्नो संस्कृति बिर्सन नमिल्ने बताएकी छन्। 

“म गायिका मात्र होइन, कसैकी श्रीमती पनि हुँ। गायिका भएँ भन्दैमा आफ्नो संस्कृति बिर्सन सक्दिन,”  उनी अगाडी भन्छिन्, “भगवानको पालादेखि खुट्टा ढोग्ने चलन रहेको थियो। राजाको पनि त खुट्टा रानीले ढोगेको देखेका छौँ।”

उनले आफूले आफ्नो खुसीको लागि खुट्टा ढोग्दैमा सबैले यस्तै गर्नुपर्छ भन्ने नभएको बताइन। “मैले मेरो खुसीका लागि खुट्टा ढोगेँ। मैले ढोगेँ भन्दैमा सबैले ढोग्नु पर्छ भन्ने छैन । आफ्नो विचार र खुसी हो।” उनले आफूले जे गरे पनि विवाद नै गराउने भन्दै चित्त दुखाइन। 

एलिनाले पति विष्णु सापकोटाको खुट्टा ढोगेको भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो। भिडियोमा उनले लामो समय लगातार खुट्टा ढोगिरहेकी छन् भने विष्णुले पैसा दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu