‘कमेडी दरबार’को टिजरमा गौरी र विजय



काठमाडौँ। नेपाली कमेडी रियालिटी शो कमेडी दरबारबारे जानकारी गराइएको छ। आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्राइम टिभी र ओएसआर डिजिटलमा प्रसारण हुने यो शो को टिजर सार्वजनिक गरिएको छ। 

टिजरमा अभिनेत्री गौरी मल्ल र अभिनेता विजय बराल देखिन्छन्। उनीहरू दुवै महाराजा र महारानीको भूमिकामा देखिएका छन्। यद्यपि मल्ल उक्त शो को महारानी बन्नेछिन्। 

बिक्की अग्रवाल र श्रद्धा प्रसाईँले शो को निर्देशन गर्नेछन्। यस शो मा अभिनेता विजय बराल, अभिनेत्री नम्रता सापकोटा, नम्रता श्रेष्ठ, पवित्रा शाकी (मिस पबि)सँगै कमेडीयनहरु हिमेश पन्त, पवन खतिवडा, उत्सव सापकोटा, सुन्दर खनाल लगायतले प्रस्तुति दिनेछन्। 

यस पटक बिक्कीले शोको निर्देशन मात्र गर्ने र शोमा नदेखिने जानकारी गराए । उनले भने, “म खासमा शोमा देखिने खालको मान्छे होइन, मलाई पर्दा पछाडि नै बसेर काम गर्न अझ मज्जा आउँछ । त्यसैले यो पटक म शोको निर्देशन मात्र गर्ने सोचमा छु।”

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu