
काठमाडौं। ट्राभल-स्टोरी चलचित्र ‘लण्डन टू पेरिस’को गीत सार्वजनिक गरिएको छ। शुक्रवार सार्वजनिक ‘चाहन्छु यो माया’ बोलको गीतमा अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता निश्चल खड्काबिचको चिसो सम्बन्धलाई देखाइएको छ। भिडियोमा निश्चलप्रति नव-अभिनेत्री गरिमा शर्माको प्रेम आशक्ति पनि झल्किन्छ।
जेठ २५ गते रिलिज हुने यस चलचित्रको गीतमा एसडी योगीको सङ्गीत तथा राम अविरल बिस्टको शब्द छ भने सङ्गीतकार योगी तथा नभिता पौडेलको युगल स्वर छ। रिकेश गुरुङ सङ्गीत निर्माता रहेको यो गीतलाई साहिल खानले सम्पादन गरेका हुन्।
घनश्याम लामिछानेको निर्देशन बनेको यस चलचित्रमा रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धीको पनि अभिनय छ। भेद परवको छायाङ्कन रहेको यसको निर्मातामा अमित बस्नेत, कार्यकारी निर्मातामा अङ्कित गौतम, सुरज कुँवर र विजय भण्डारी, निर्मातामा परी राना, आरोन बस्नेत र एरियाना बस्नेत तथा सह-निर्मातामा सनिश खकुरेल र अजित केआर थापा छन्। यसका लेखक प्रदीप भारद्वाज हुन्।
गीत: