किस दिने बेला जहाजनै डुबेजस्तो भो: बाशु पुडासैनी



bashu-pudasainiगोर्खा ताक्लुङ तीन माने भञ्ज्याङमा जन्मेर काठमान्डौलाई कर्मभुमी बनाएका नवनायक बासु पुडासैनी अभिनित चलचित्र ‘प्राण भन्दा प्यारो’ आगामी असोज ४ गते देखी देश भर प्रर्दशन हुँदैछ । पारिवारिक पृष्ठभुमी पूर्ण रुपमा ब्याबसायिक नै थियो उनको तथापी यो माहोलमा रहेका पुडासैनीका भाई बिपिन भने लोकगायनको क्षेत्रमा सानै देखी लागेका थिए ।

भाईको माहोलमा मौकामा चौका हान्दै बासु पनि निर्देशक तथा कलाकार उनका मामा कमलकृष्णको पछी लागे । मामाको पनि सोख थियो एउटा भन्जालाई हिरो बनाउने त्यसै अनुरुप मामाले भन्जालाई हिरो पनि बनाइछाडे । एस.एल.सी.को पढाई सकेर काठमान्डौ आएका बासु अहिले आफ्नै बिजनेस गर्छन् भने चलचित्र मोहका कारण अभिनय,डान्स र फाइट पनि सिक्दैछन् । चलचित्र रिलिजको पूर्व सन्ध्यामा रहदै गर्दा उनको दैनिकी निकै ब्यस्ततामा बितिरहेको छ । यसै सन्दर्भमा ठुलोपर्दाका श्यामसुन्दर गिरीले गर्नु भएको कुराकानी प्रस्तुत छ:

हिजो आज के गर्दै हुनुहुन्छ ?
अहिले त चलचित्र प्राण भन्दा प्यारोको प्रमोशन लगायत पत्रकार भेट्घाट कार्यक्रममा नै ब्यस्त छु अब प्रमोशनको पनि अन्तिम समयमा हाम्रो टिम छ । केही दिन अगाडि मेरो दोस्रो प्रोजेक्ट ‘दश दिन दस करोड’को वर्कशपमा व्यस्त थिए । अहिले पूर्ण रुपमा यही चलचित्रको प्रमोशनमा नै व्यस्त छु ।

प्राण भन्दा प्यारो कस्तो चलचित्र हो ?
लभ स्टोरी तर पृथक धारको चलचित्र हो किनकी गाउँ घर, समाजमा घटेका घटनाहरु समेटेर निर्माण गरिएको चलचित्र हो । रियल स्टोरीमा आधारित चलचित्र हो । चलचित्रले सकरात्मक सन्देश प्रबाह गर्दछ । नबनायिका अनामिका चौलागाईंको विपरित भएर काम गरेको छु । त्यसैले एक किसिमको सस्पेन्स, थ्रिलर मुभी हो ।

पहिलो पटक अभिनय गर्दाको अनुभव कस्तो रहयो ?
पहिलो पटक क्यामरा फेस गर्दा त नभर्स फिल गरेको थिए र यो स्वभाविक पनि थियो । तर पनि हार मानिन् र सिक्नुपर्छ र राम्रो गर्नुपर्छ भन्ने सोचका कारण आफ्नो नर्भसनेसलाई हटाउन सफल भए । यसमा मामाको ठुलो साथ छ । शायद निर्देशक मामा नभइेदिएको भए मलाई धेरैनै असहज हुन सक्थ्यो होला । तर समग्रमा भन्नु पर्दा साह्रै रमाइलो अनुभव गरे किन कि नभर्स भएर सिक्दाको मज्जा पनि बेग्लै हुँदो रहेछ ।

चलचित्र र बिजनेश मध्ये एकलाई रोज्नु पर्दा ?
मेरा लागि यि दुबै कुरा उत्तिकै आवश्यक छ । त्यसकारण पनि म यो प्रश्नमा एउटालाई मात्र रोज्दिन । तर कुनै पनि हालतमा चलचित्र उद्योगलाई छोड्न सक्दिन त्यसर्थ समय मिलाएर काम गर्दै अगाडि बड्ने अठोट गरेको छु ।

तपाईंका लागि चलचित्र नशा कि पेशा ?
यो बिषयमा कसले कसरी लिने हो त्यो व्यक्ती बिशेषमा भर पर्ने कुरा हो । कतिपयको लागि नशा र पेशा दुबै हुन सक्ला तर मेरा लागि चलचित्र पेशा नै हो र निरन्तर रुपमा चलचित्र लाई पेशाको रुपमा लिएर काम गर्ने सोच हो तर हेर्दै जाउ के हुन्छ । पहिलो चलचित्रलाई दर्शकहरुले कत्तीको मन पराइदिनु हुनेछ त्यसमा पनि भर पर्ने बिषय हुन सक्ला । नशाको रुपमा भन्दा पेशाको रुपमा लिदा उपयुक्त हुन्छ नि होइेन र ?

यो चलचित्रमा तपाईंको भूमिका ?
यसमा एउटा लभर व्याय नै हो, अनामिकाको ब्याय फ्रेन्ड हुन्छु त्यसपछी कथाले टर्निङ पोइन्ट लिन्छ बाँकी सस्पेन्स चलचित्र हेरेपछी दर्शकहरुले थाहा पाइहाल्नु हुन्छ नि अब धेरै दिन कुर्नुपर्दैन ।

bashu-&-anamika
Bashu Pudasaini & Anamika Chaulagain

नबनायक नवनायिका सँग काम गर्दा कस्तो हुदो रैछ ?
यस भन्दा पहिला काम गरेको भए भन्न अली सजिलो हुने थियो होला तर यो नै पहिलो पटकको काम भएकोले यस्तो भन्ने खाले भएन । शायद अब गर्ने अर्को चलचित्रमा भने काम गरेपछी अनुभव गर्न सक्छु कि त ? तर पनि रमाइलो चाँही भयो ।

यो चलचित्रबाट राइज हुन्छु जस्तो लाग्छ ?
आफ्नो मेहनतको फल सबैलाई राम्रो, मिठो र आशा त हुन्छ नै तर पनि आँफैले मात्र भनेर पनि हुने कुरा होइेन नि मलाई त राइज हुन्छु जस्तो लाग्छ किनकी राम्रो सँग काम गरेको छु तर दर्शकलाई पनि मन पर्नु पर्यो । दर्शकले मलाई माया गरिदिनु भयो र मन पराइदिनु भयो भने सफल हुन्छु । तर म संघर्श गर्दै छु त्यसैले स्थापित नायकहरु सँग त तुलना गर्न त मिल्दैन तर पनि एक दिन सफल नायक हुन्छु भन्ने आत्मबिश्वास भने छ ।

प्राण भन्दा प्यारो हेर्नै पर्ने कारण ?
गाउँ समाजमा घटेका वास्तविक घटना समावेश गरी बनाईएको चलचित्र हुनाले यो चलचित्रले दर्शकहरुको मन जित्छ भन्ने कुरामा म विश्वस्त छु । त्यस्तै बिशेष गरी नारी चेलीबेटीको वरपर कथा घुमेको छ यसर्थ चेलीबेटीको दु:ख पिडालाई उजागर गर्ने कोशीस गरेको कारण पनि एउटा मौलिक चलचित्र हो त्यसैले मौलिकपन र पारिवारिक चलचित्र हेर्नु पर्छ भन्ने मेरो मान्यता हो र आम दर्शकके हेरिदिनुहुनेछ भन्नेमा आशाबादी छु ।

कुसल नायकमा हुनुपर्ने गुण के हो ?
नायक मात्र होइेन कलाकार सबै कुसल नै हुनुपर्छ तब चलचित्र राम्रो बन्छ । कुशल नायक बन्नका लागि पहिला त राम्रो अभिनयको खाचो पर्छ त्यसपछी डान्स, फाइट लगायत मिलनसरिता र व्याबहारिक पनि हुनुपर्छ ।

बास्तबिक जीवन र पर्दाको जीवनमा कस्तो फरक पाउनु भयो ?
म दर्शक भएर जती सोचेको थिए त्यो भन्दा धेरै फरक पाए । चलचित्रमा हुने गरेका गतिबिधीहरु, रोमान्स, रोना-धोना, कमेडी सबै पर्दाको लागि मात्र हुँदोरहेछ । त्यसपछीको जीवन सबैको आ-आफ्नै छ । वास्तविक जीवन पर्दामा देखिएको जीवन जस्तो हुदैन र नहोस् पनि ।

यो चलचित्रमा बेड सिन र किस सिन पनि दिनु भएको छ रे त ?
हो तर दर्शकले पचाउन सक्ने जती मात्र छ अरु चलचित्रमा जस्तो सेक्सलाई नै टार्गेट गरिएको छैन । ढुक्क भएर चलचित्र हेर्दा हुन्छ असहज परिस्थिती कतै पनि छैन ।

पहिलो चलचित्रमा नै किस/बेड सिन तपाईं त लक्की हुनुहुदो’रैछ ?
(लामो हासो हाँस्दै …)त्यस्तो त भन्न नमिल्ला कि । कलाकार भएपछी आफ्नो जिम्मामा परेको काम सम्पादन त गर्नै पर्छ नि होईन र ? त्यसैले लक्की र अनलक्की को कुरा होइेन यसलाई औसतकै रुपमा लिँदा कस्तो होला ?

मामाको अगाडि किस/बेड सिन दिन लाज लागेन ?
लाज मात्र हो र जहाज नै डुब्न लागेको जस्तो भा’को थियो नि, के गर्नु काम त गर्नै पर्योऔ भनेर मुटु बलियो पारेर गरियो नि त । सुरुमा म निकै नभर्श भएको थिए । पछी नायिकाको साथ पाए पछी त राहत महशुस गरे ।

अन्त्यमा ?
अन्त्यमा सम्पूर्ण आम नेपाली दर्शकहरुमा नेपालीहरुको महान चाड बडा दसैंको पूर्व सन्ध्यामा अर्थात असोज ४ गते देखी देशै भर चलचित्र प्राण भन्दा प्यारो रिलिज हुँदैछ त्यसर्थ आफन्त, साथी-भाइ, इस्टमित्र सबै जना मिलेर हाम्रो चलचित्र हेरिदिनु होला र मेरो अभिनय कस्तो लाग्छ मेरो के कामजोरी छ औल्याइदिनु होला र सल्लाह, सुझाव तथा प्रतिकृया दिनु होला जसको कारण आगामी दिनहरुमा आफुलाई सुधार्ने मौका पाउनेछु र अझ राम्रो काम गर्न सक्नेछु ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu