काठमाडौँ। पछिल्लो गीत ‘करिम’ विवादमा परेपछि गायक प्रकाश दूतराजले युट्युबबाट हटाएका छन्। यसको भिडियोमा रहेका दृश्यहरू विवादित बनेपछि सामाजिक सञ्जालमा यो गीत हटाउनु पर्ने माग उठेको थियो।
![](https://i0.wp.com/www.thuloparda.com/wp-content/uploads/2024/06/img_1598-1.jpg?resize=720%2C387&ssl=1)
शुक्रवार युट्युबबाट यो गीतमा प्रकाश र शान्ति श्री परियारको स्वर रहेको छ। यसको भिडियोमा बादी समुदायका महिलाको बाध्यता र पीडा देखाइएको थियो। सञ्जालमा बादी समुदायलाई देह व्यापारी देखाएको विषय विवादित भएको थियो।यो गीत हटाउन मागसहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा समेत निवेदन परेको थियो।
अब नयाँ गीतको तयारीमा प्रकाश रहेको बुझिएको छ।