सलमान खानलाई दश बर्ष जेल सजाय हुने संकेत



Salman-khan-jail[dropcap]व[/dropcap]लिउड स्टार सलमान खानको ११ बर्ष पुरानो हिट एण्ड रन मामलाले उनलाई अप्ठ्यारोमा पार्ने संकेत देखिएको छ । मंगलवार यस केशमा दुई साक्षीहरुले बयान दिएका छन् । दुवैले सलमान कारको सिटतर्फको भागबाट बाहिर आएको देखेको बताएका छन् । उनिहरुले सलमान त्यतिबेला रक्सी पिएको अवस्थामा रहेको समेत बताएका छन् । यो आरोप सत्य साबित भए दश बर्ष सम्मको जेल सजाय हुन सक्छ ।

मुंबई सेशन कोर्टमा सलमानको ११ बर्ष पुरानो केशको मंगलवार सुनुवाई भयो । यसअघि २९ अप्रिलमा सुनुवाई भएको थियो तर सलमान हाजिर भएका थिएनन् । उक्त समय उनि आगमी चलचित्र ‘किक’को शूटिङ्गमा थिए । २९ अप्रिलमा पहिलो साक्षी सांभा कापडा गौडले बयान दिएका थिए । उनले कारले किचेका मानिस देखेका थिए ।

सलमान माथी सन् २००२ मा मुंबईको बान्द्रामा हिल रोडको नजिकै फुटपाथमा सुतिरहेका पाँच मानिस कार चढाएको आरोप लागेको छ । यो दुर्घटनामा एकको मृत्यु भएको थियो भने चार जना गम्भिर घाईते भएका थिए । सलमानले तिव्र गति र लापरवाही सवारी चलाएको मुद्दा चलिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu