राजनराज र सदिक्षाको गीत ‘खुर्सानीलाई बियाँ’ सार्वजनिक



काठमाडौं। ‘खुर्सानीलाई बियाँ’ बोलको म्युजिक भिडिओ सार्वजनिक गरिएको छ। बिहीबार सार्वजनिक यस गीतमा राजन राज सिवाकोटी र सदिक्षा कट्टेलको स्वर रहेको छ भने सिवाकोटीले नै सङ्गीत सृजना गरेका छन्। वरिष्ठ गीतकार राजेन्द्र थापाले रचना गरेको यस गीतमा मौलिक नेपाली शैली प्रयोग गरिएको छ।

यसको भिडिओलाई प्रचण्ड पौडेल र प्रसन्न पौडेलले संयुक्त निर्देशन गरेका छन्। भिडिओमा यशराज गराच, सुरज प्रजा, अनिशा न्यौपाने र समारिका ढकालले अभिनय गरेका छन्। भिडिओको कोरियोग्राफर युमी बलामी हुन्। निशान पौडेलले छायाङ्कन गरेको भिडिओलाई राजु जङ्ग बस्नेतले सम्पादन तथा कुनाले कलर ग्रेडिङ गरेका छन्।

यस म्युजिक भिडिओलाई भेल्भेट भाईब्स इन्टरटेन्मेन्ट प्रोडक्शनले निर्माण गरेको हो भने यसका निर्माता प्रकाश हमाल हुन्।

भिडिओ:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu