‘जेरी अन टप’मा अनमोलसँगै आना र आँचल



काठमाडौं। निर्माणाधीन नेपाली चलचित्र ‘जेरी अन टप’मा अभिनेता अनमोल केसीसँग दुई अभिनेत्रीहरूले अभिनय गर्ने भएका छन्। केसीसँग आना शर्मा र आँचल शर्माले अभिनय गर्ने भएका हुन्। प्राप्त खबरमा आँचल यस चलचित्रमा अनुबन्धित भइसकेकी छन्।

यही जेठ अन्तिमबाट छायाङ्कनमा जान लागेको यो चलचित्रलाई सुयोग गुरुङले निर्देशन गर्दै छन्। उनले हाल हलमा चलिरहेको अनमोल अभिनीत चलचित्र ‘फर्की फर्की’ निर्देशन गरेका थिए।

यो चलचित्रलाई सरोज न्यौपानेले बनाउने छन्। उनले सोसल मिडिया मार्फत आफ्नो चलचित्रमा ‘थ्री ए’ निश्चित भएको जनाएका थिए। उनले अनमोल, आना र आँचलको अङ्ग्रेजीको पहिलो अक्षरबाट ‘थ्री ए’ भनिएको अनुमान गरिएको थियो। आँचलले पनि यस चलचित्रमा आफूले अभिनय गर्न लागेको पुस्टी गरेकी छन्।

सन् २०१४ मा प्रदर्शनमा आएको सफल चलचित्र ‘जेरी’को दोस्रो शृङ्खलाको रूपमा यो चलचित्र निर्माण हुन लागेको हो। यसलाई नेपाल र अस्ट्रेलियामा छायाङ्कन गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu