प्रियङ्का, कविता, विजु लगायतको अभिनय रहेको  वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिक



काठमाडौं। प्रियङ्का कार्की, कविता नेपाली, विजु पार्की, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ, अमितेश शाह, अमित गिरी, सरिता गिरी, सुजय योङ, रमेश अधिकारी, प्रदीप बास्तोला लगायतका कलाकारको अभिनय रहेको नेपाली वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिक भएको छ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच यो सिरिज नेपालमा नै पहिलो पटक महँगो बजेटमा निर्माण गरिएको दाबी गरिएको छ। २४ शृङ्खलामा निर्माण गरिएको सिरिजमा तीन सय ५० बढी कलाकारले काम गरेको बताइएको छ। यसको लागि अभिनेत्री प्रियङ्का कार्कीले आफूले तीन वर्षभन्दा बढी समय दिएको बताइन्।

यो वेब सिरिजलाई सुजय योङले निर्देशन गरेका हुन्। कथा, पटकथा तथा संवाद पनि उनकै हो। यसमा प्रेम, विश्वासघात प्रतिसोधको कथा रहेको निर्देशकले बताए। फ्रेम इन मोसन र म्युजिक नेपालको प्रस्तुतिमा सिरिज निर्माण भएको हो।

एपी वान टेलिभिजन र म्युजिक नेपालद्वारा सञ्चालित ओटिटी प्लेटफर्म ‘मोमो म्युजिक एन्ड मूभिज’ एपमा सिरिज रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu