चलचित्र ‘ह्रस्व दीर्घ’: अभिनेत्री निता ढुङ्गानाको क्यारेक्टर लुक्स सार्वजनिक 



काठमाडौं। चलचित्र ‘ह्रस्व दीर्घ’की अभिनेत्री निता ढुङ्गानाको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ। पोस्टरमा नितालाई बज्र बोकेर उभिएको देख्न सकिन्छ, जसले चलचित्रको उत्सुकता बढाएको छ।

पोस्टरमा दक्षिण भारतीय अभिनेता ब्रह्मानन्दम र अलि तथा नेपाली कलाकार किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झा, र आदर्श मिश्रलाई पनि आ-आफ्ना चरित्रमा प्रस्तुत गरिएको छ। 

यो चलचित्र असोज ३ गतेदेखि प्रदर्शनमा आउने छ र यसलाई चन्द्र पन्तले निर्देशन गरेका छन्। चन्द्र पन्तको यो पहिलो नेपाली चलचित्र निर्देशन हो। यसअघि उनले केही भोजपुरी चलचित्रको निर्देशन गरेका थिए र नेपाली सिनेमा क्षेत्रमा द्वन्द्व निर्देशकको रूपमा ख्याति कमाएका थिए।

चलचित्रमा निता ढुङ्गाना, हरिहर अधिकारी, बिपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, बुद्धि तामाङ, किरण केसी, रवीन्द्र झा, ब्रह्मानन्दम, अलि, प्रदीप रावत, र कबीर दुहान सिंहको मुख्य भूमिका छ। 

चलचित्रको कथा हरिहर अधिकारीले लेखेका हुन् भने भारतीय छायाकार कबिरलालले छायाङ्कन गरेका छन्। कबिरलालले ‘वेलकम ब्याक’, ‘परदेश’, ‘दिल आपके पास है’ जस्ता चर्चित बलिउड चलचित्रहरूमा काम गरेका छन्। ‘ह्रस्व दीर्घ’को छायाङ्कन नेपाल र भारतमा गरी तीन चरणमा सम्पन्न भएको थियो। मित्र डी गुरुङले सम्पादन गरेका छन् भने रामजी लामिछाने र बलिउडकी शुष्मा सुमनले कोरियोग्राफी गरेका छन्।

यो चलचित्रमा नेपाली र दक्षिण भारतीय कलाकारहरूको सम्मिश्रणले दर्शकहरूलाई एक नयाँ अनुभव दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu