जर्मनीमा अभिनास र केकीको माया देखाईने



biteka-pal-akron

नेपाल लगायत अमेरिका, जापान, कोरिया र खाडी मुकुलमा ठाउँमा प्रदर्शन भइसकेको नेपाली चलचित्र ‘बितेका पल’ जर्मनीमा प्रदर्शन हुने भएको छ । यसअघि यूरोपका विभिन्न मुलुकमा प्रदर्शन भईसकेको थियो । यतिबेला निर्माता राजेश घतानी युरोपमा नै रहेका छन् । अझै केहि मुलुकमा प्रदर्शन गरेपश्चात उनि नेपाल आउने बताईएको छ ।

मे १० शनिवारको KAISER STRASSE 39 COCOS RESTAURANT मा ‘बितेका पल’ प्रदर्शन हुनेछ । साथै १७ मे मा हाम्बर्गको MUT THEATER AMANDA SHRASSE 58 मा पनि चलचित्र प्रदर्शन हुनेछ । यसैगरी म्युनिष्टर शहरमा १२ मे मा BENNOHAUS 1 ERHRUNGS BERICHT मा प्रदर्शन हुने बताईएको छ ।

सुरज सुब्बा ‘नाल्बो’ निर्देशित यो चलचित्रमा केकी अधिकारी, बाबु बोगटी, अभिनाश गुरुङ तथा आकाश खवासको मूख्य भूमिका रहेको छ ।

यस्तै, बेल्जियममा पनि ‘बितेका पल’ पुनः प्रदर्शन हुने भएको छ । यसअघि दुईपटक शो भइसकेको यो चलचित्र पुनः माग भएपछि मे १६ मा प्रदर्शन गरिने निर्माता राजेश घतानीले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu