हास्य टेलि शृङ्खला ‘ख्याल ठट्टा’ नयाँ टिमका साथ प्रसारणमा आउँदै



काठमाडौं। हास्य टेलि शृङ्खला ‘ख्याल ठट्टा’ नयाँ टिमका साथमा डिजिटल प्रसारणमा आउने भएको छ। यो शृङ्खला हरेक शनिवार साँझ ७: १५ बजे सन्सा फिल्मसको युट्युबमा हेर्न सकिनेछ।

यसलाई सुरज खनालले लेखन तथा निर्देशन गरेका छन्। यसको सम्पूर्ण कलाकारसँगै प्राविधिक टिम परिवर्तन भएको छ। यसअघिको ‘अत्ति भो’ टेलिश्रृंखलाको टिमलाई अब ख्याल ठट्टामा देख्न पाइने भएको हो। शनिवार यसबारेमा जानकारी दिन आयोजित एक समारोहमा पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य गोकर्ण विष्टले सफलताको शुभकामना दिए। 

यस शृङ्खलामा पवित्रा शाँकी (मिस पबि)को पनि मुख्य भूमिका रहेको छ। साथै निर्मल शर्मा, शर्मिला शर्मा, धनराम मुस्कान, सुरज खनाल, युवराज तिमल्सिना, रेशम बुढाथोकी, कल्पना खतिवडा, सुबि शाही, चन्दा बिडारी, सुमन खनाल, सोभाखर खनाल, भुवन के पोख्रेल, सोनिया पुरी, अस्मि थापा, श्याम खनाल, बलराम खड्का लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu