पद खुस्किने बेला पप्पुको आक्रोश, पत्रकारलाई बबन्डर मच्चाएको आरोप



PAPPUचलचित्र विकास वोर्डका अध्यक्ष धर्मेन्द्र मरवैता ‘पप्पु’ले चलचित्र पत्रकारहरुको कम नै नभएर नाना-थरिका समाचारहरुलाई बढावा दिएको आरोप लगाएका छन् । आफ्नो कुर्सी राजकुमार राईले लिने हल्ला चलिरहँदा उनले पत्रकारले समाचारको बबन्डर मच्चाएको आरोप लगाएका छन् । सरकारले अन्य पदमा कांग्रेस निकट चलचित्रकर्मी नियुक्त गरिसकेको छ ।

झन्डै एकवर्ष अघि धरानमा सम्पन्न चलचित्र मोहोत्सवमा सहभागी भएर नृत्य गरेको पारिश्रमीक हालसम्म समेत नपाएका कलाकारहरुले बिहिवार बिहान विकास वोर्डको प्राङगणमा नारावाजी गरेपछि समाचार संकलनमा पुगेका पत्रकारहरुलाई पप्पुले प्रश्न गर्दै भने, ‘चलचित्र पत्रकारको काम नभएर नै यस्ता समाचार सङकलको पछि लागेको पाएको छु, आजकल सम्पुर्ण पत्रकारहरु समाचार नपाएर फुर्सदिला भएछन कि क्या हो?’ पप्पुले यो कुरा जोड्दै कलाकारहरुले पारिश्रमिक पाएको विषय सानो भएपनि संचारकर्मीले ठुलो बनाएर बढाएको पप्पुको दाबी गरेका थिए ।

निकै नै अव्यवस्थित र फितलो व्यवस्थापनका बीच सम्पन्न राष्ट्रिय चलचित्र महोत्सवको विषयमा लिएर विकास वोर्ड र पप्पु को निकै नै आलोचना भएको थियो । महोत्सवको पारिश्रमिक नपाएको भन्दै विकास बोर्ड घेर्न गएका ‘चलचित्र नृत्यकार संघ’कापदाधिकारीहरुबिचको वार्ता पनि विना निष्कर्ष टुंगिएको थियो ।

त्यसै त व्यवस्थापकिय कारणले आलोचित भएको वोर्डले कलाकारलाई पारिश्रमिक नदिएको कुराले कलाकारहरु आन्दोलित नै भएपछी अब भने यो विषयले समेत ठुलो रुप लिन सक्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu