सुर रक्सको गीत ‘हेरी रहूँ तिमीलाई’ सार्वजनिक



काठमाडौं। गायक तथा सङ्गीतकार सुर रक्सको स्वर, शब्द तथा सङ्गीत रहेको गीत ‘हेरी रहूँ तिमीलाई’ भिडियो सहित सार्वजनिक गरिएको छ। भिडियोमा दीपक पाण्डे (लक्की) को निर्देशन रहेको छ भने गायक सुर रक्स र पूजा पाण्डेको अभिनय रहेको छ।

लामो समयदेखि सङ्गीत क्षेत्रमा क्रियाशील सुर रक्सले दुई दर्जन भन्दा बढी गीतमा स्वर,शब्द तथा सङ्गीत दिएका छन्, उनका चलचित्र ‘ए साथी सुन’ को शीर्ष गीत, चलचित्र ‘ची मुसी ची’को ‘तिमिले माग्छौ भने मुटु’ सोही चलचित्रमा शब्द सङ्गीत भएको ‘आऊ आज मायाको… नरिसाउन प्लिज…’ सार्वजनिक भइसकेका छन्।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu