कर्णालीको जीवनमा आधारित साङ्गीतिक चलचित्र सार्वजनिक



काठमाडौं। साङ्गीतिक चलचित्र ‘हिरुलाल : द सोल अफ कर्णाली’ सार्वजनिक गरिएको छ। जुम्लाका विभिन्न स्थानमा छायाङ्कन गरिएको सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित ठाडी भाका र लोक देउडाको सम्मिश्रण रहेको यस चलचित्रमा कर्णाली र सुदूरपश्चिम बासी कसरी सडक र सञ्चार सुविधाबाट वञ्चित छन् भन्ने देखाइएको छ।

यसमा आर्थिक र अन्य अवसरका लागि बिदेसिन बाध्य स्थानीयको पिडालाई प्रस्तुत गरिएको छ। यसलाई रतन देवकोटाले निर्देशन गरेका हुन्। यसमा चक्र बम सङ्गीत रहेको छ भने चक्र र रचना रिमालको स्वर रहेको छ। गीतमा रहेको ठाडी भाकामा देउडा गायिका डिक्रा देवी बादीले स्वर भरेकी छन्।

सौरभ लामिछानेको छायाङ्कन रहेको भिडियोमा ‘प्रकाश’ फेम्ड अभिनेत्री रेनु नाथ योगी, बाल कलाकार सञ्जय परियार र गायक चक्र बमले अभिनय गरेका छन्। चलचित्र सार्वजनिक कार्यक्रममा जुम्लाका सांसद तथा राप्रपा नेता ज्ञानेन्द्र शाही प्रमुख अतिथिको रूपमा उपस्थित थिए।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu