‘हामी छौँ’को गीत ‘यो नजिकको कुरा’ सार्वजनिक



काठमाडौं। सलोन सलिना फिल्सस्को प्रस्तुतिमा बनेको डकुड्रामा ‘हामी छौँ (सिजन १)’को गीत ‘यो नजिकको कुरा’ सार्वजनिक भएको छ। यस गीतमा प्रताप दास र रचना रिमालको स्वर, आनन्द अधिकारीको शब्द र शम्भुजित बासकोटाको सङ्गीत छ।

यसको भिडियोमा डकुड्रामाका प्रमुख कलाकार सलिना बस्नेत र आर्यन पौडेल फिचर्ड छन्। यात्रा थिममा खिचिएको गीतको भिडियोमा सलिना र आर्यनलाई रोमान्टिक भावसँगै ग्रामीण जनजीवनलाई देखाइएको छ।

डकुड्रामाको प्रस्तुत कर्ता शोभित बस्नेत हुन्। आगामी दसैँमा ओटिटी प्लेटफर्मबाट रिलिज हुने डकुड्रामा ७ एपिसोडको हुने बताइएको छ। सलिना बस्नेत र आर्यन पौडेलको प्रमुख भूमिकामा अभिनय रहेको डकुड्रामामा उमा कार्की, सुमिन गुरुङ, सुसान्त कुमार श्रेष्ठ, युना खड्का, समीर खान ,जय विनोद काफ्ले, सुनिल भण्डारी, शिव राज नेपाल, स्वरूप जङ्ग रायमाझीलगायतको अभिनय छ।

डकुड्रामाका प्रस्तुत कर्ता शोभित बस्नेतले देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ डकुड्रामा बनाइएको बताए। यो डकुड्रामामार्फत सात प्रदेशबाट ७ जना अशक्त, आर्थिक रूपमा कमजोर व्यक्तिलाई छनोट गरिएको थियो।

डकुड्रामामा रामजी राउतको निर्देशन छ। यसमा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायाङ्कन, आनन्द अधिकारीको गीत, शम्भुजित बासकोटाको सङ्गीत, सुशील देवकोटाको लेखन, बन्दे प्रसादको सम्पादन, मदन न्यौपानेको शृङ्गार, केवल मान सिंह बस्नेतको प्रोडक्सन छ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu