रेखाको एक्शन र अर्चनाको जवानी ‘दमदार’को गुडलक बन्दै



damdar0

[dropcap]ना[/dropcap]यिका रेखा थापाको एक्शन र आइटम डान्सर अर्चना देलालाको जवानीले ‘दमदार’लाई सफलतातिर डोर्‍याएका छन् । शुक्रवार रिलिज यो चलचित्रले पहिलो दिन न त दर्शक निराश पार्‍यो न त चलचित्र यूनिटलाई । राजधानीका केहि मल्टिप्लेक्समा ओभरफ्लो भएर हल थप समेत गरिएको निर्माता सुमन बिष्टले बताएका छन् । त्यसो त दर्शकले पनि चलचित्र मन पराएका छन् ।

damdar

चलचित्रको प्रचारको लागि पूर्वी नेपाल रहेका कार्यकारी निर्माता चन्द्र गौतमले पूर्वमा पनि दर्शकले साथ पाएको बताएका छन् । आइतवारबाट हल थप हुने बताउँदै गौतमले चलेजतिका हलमा भरिभराउ दर्शक रहेको बताए ।

बिशेष गरी रेखाको द्वन्द्व र अर्चनाको आइटम डान्सले हलमा ताली पिटाएको छ । सरकारी सेवामा रहँदा जबरजस्ती बर्दी खोसिएपछि बर्दी बिहिन तर सँधै जनताको सिपाहीको भुमिकामा रहेकी थापा लगाएत सबिन श्रेष्ठ, कमलकृष्ण र बासु पुडासैनीको मुख्य अभिनय रहेको यस चलचित्रको छायंकन काठमाण्डौ, झापा र भारतको सिलगुडीमा भएको हो ।

damdar1

‘दमदार’ ले नेपाल प्रहरी भित्र घटिने घटनालाई समेटेको बताइएको छ । यस चलचित्रमा चन्द्र पन्तको द्धन्दनिर्देशन,नवराज शर्माको लेखन, सौरभ लामाको छायाँकन, कमलकृष्णको संगीत तथा श्रीराम महतको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu