पोखरेली दर्शक भन्छन्, ‘बबाल होस्टेल’



अनमोल र सुनिल पोखरामा।
अनमोल र सुनिल पोखरामा।

ठुलोपर्दा डटकम, पोखरा। ‘साँच्चै बबाल छ होस्टेल, यत्तिको नेपाली सिनेमा हेर्न पाईएको थिएन। खोई किन हो किन दोश्रो पटक नहेरी मनै मानेन। साथीभाईलाई पनि कर गरेर पुन: हलमा ल्याएँ’ छोरेपाटनमा विवश पौडेलले यस्तै भन्दै थिए। छोरेपाटनदेखी तेर्सापट्टीको बाराही ‘क’मा होस्टेल हेर्न आएका उनको साथमा होस्टेल हेर्न आएको एउटा ग्यांग नै थियो।

सबैको वाहवाहि पाएको होस्टेलले अझै पनि राजधानीमा आठ र मोफसलमा दश वटा हलहरुमा आफ्नो कब्जामा पारिरहेको छ। तेश्रो हप्तामा पनि सफलता पाईरहेको यो चलचित्रले अर्को हप्ताको लागि पनि लगभग अठार वटै हलहरु निश्चित गरिसकेको छ।

यसै सन्दर्भमा होस्टेल युनिट पोखरा पुगेर आएको छ। भव्य सम्मान पाएको युनिटले पोखरेली दर्शकको मायाले अझै उत्साहित बनाएको बताएको छ। यतिबेला राजधानी आईपुगेका निर्माता सुनिल रावल भन्छन्, ‘पोखरेली दर्शकको सम्मान र स्वागत देख्दा मैले साँचिकै दर्शकलाई खुशी बनाएको रहेछु भन्ने पुष्टी भएको छ। मलाई पोखरेली दर्शकले राम्रो साथ दिनुभयो, अबका दिनहरुमा यो साथ र माया नगुमाउनका लागी पोखरेली दर्शकहरुसँग आउँदा दिनहरुमा अझैं राम्रो चलचित्र बनाउने प्रण गरेको छु।’

udne
आकाशमा उड्ने तर्खरमा सुनिल।

निर्माता रावल र नायक अनमोल केसी लाई विशेष अतिथिको रुपमा स्वागत गर्दै पोखरा अल्ट्रलाईटले पोखराको आकाशमा उडाएको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu