नायिका नै प्रचारमा नहिँड्दा ‘ठुलो मान्छे’ युनिटलाई तनाव



thulo-manchhe

[dropcap]ना[/dropcap]यिका केकी अधिकारी व्यस्त नायिका हुन् । उनको व्यस्तताले उनले अभिनय गरेका चलचित्रलाई भने मार परेको छ । जेठ २ मा रिलिज हुने चलचित्र ‘ठुलो मान्छे’ले केकीको भरोसा गरेको थियो । उनले बोलेपछि चलचित्र बिक्ने आशामा थियो तर सोचेजस्तो भईदिएन । केकी अर्कै चलचित्रको शूटिङ् तिर लागिन् ‘ठुलो मान्छे’ रिलिज तिर लाग्यो ।

पत्रकार सम्मेलनमा समेत केकी आइनन् । त्यतिबेला उनले बिरामी परेर आउन नसकेको बताएकी थिइन् । चलचित्रमा अनुबन्ध हुँदा उनले प्रचारमा सहयोग दिने समहमति भएको थियो । उनी अन्यत्र आउन नसकेपनि ३१ गते ‘सिने दि सेफ’मा हुने प्रिमियरमा भने आउने बताएकी छिन् । निर्माता प्रदिप खड्काले भने, ‘अर्को चलचित्रको शूटिङ्ले हामीलाई मार पर्योे । काम छोडेर आउनुस् भन्न पनि सकिएन । आफ्नो चलचित्र बारे उहाँले सोच्नुपर्ने थियो तर प्रिमियरमा आउँछु भन्नुभएको छ । हाम्रो लागि यो नै अर्को खूशीको कुरा हो’ । केकीले त्यसपश्चात केहि दिन प्रचार-प्रसारमा सहयोग गर्ने खड्काले बताए ।

‘ठुलो मान्छे’ बाल मनोविज्ञानमा आधारित रहेको बताईएको छ। चलचित्रले वालवालिकाको चाहाना, स्वभाव र त्यो पुरा गर्नको लागी उनीहरुले गर्ने क्रियाकलापदेखी वालवालिकाको मनोवृतीलाई पुरा गर्न नदिने अभिभावकको प्रवृतीलाई पनि चलचित्रले जोडेको कलाकार तथा निर्देशक प्रशान्त तामाङले बताए ।

साथै यो चलचित्रमा विद्यालयमा हुने शिक्षक र विद्यार्थीको सम्बन्ध सहित विद्यार्थीलाई ‘गाली गलौज’ र धम्कीको भर विना कसरी पनि पढाईमा ध्यान दिने बनाउन सकिन्छ त भन्ने कुरालाई पनि जोडिएको बताईएको छ । प्रदिप मिडिया प्रालिको व्यानरमा तयार यो चलचित्रमा प्रदिप खड्का र प्रमोद सुब्बाको लगानी रहेको छ ।

चलचित्र ‘ठुलो मान्छे’मा प्रशान्तसँगै केकी अधिकारी, कुशल, रोमन, उज्ज्वल, आशिस, विवेक, अविरल, प्रेम, शुष्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ । मित्रदेव गुरुङले सम्पादन गरेको यो चलचित्रमा पार्श्व संगीत एलिश कार्कीको रहेको छ । चलचित्रलाई सन्दिप श्रेष्ठ, सन्तोष केङ कार्की र निरज श्रेष्ठले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu