‘हसिया’ निर्देशक भन्छन्, ‘हेमाको लागि चलचित्र बनाएकै होइन’



Milan-Hema

[dropcap][/dropcap]लचित्र चल्ने होडबाजीमा ‘हँसिया’ थपिएको छ । डेब्यू निर्देशक मिलन चाम्स तथा डेब्यू नायिका हेमा श्रेष्ठको कामलाई नायक राजेश हमालले समेत मुक्तकण्ठले प्रशंसा गरेका छन् । यो चलचित्रमा राजेशको पनि प्रमूख भुमिका छ । हमालले पाँच पटक यो चलचित्र हेरिसकेका छन् । उनले यसरी आफ्नै चलचित्रलाई पटकपटक हेरेको सायदै पहिलोपटक हो । यसै चलचित्रबारे अन्य केहि चर्चा समेत चले । निर्देशक र हेमा बीचको दाजु-बहिनीको सम्बन्ध साथै ‘हसिया’ हेमाकै लागि बनेको चलचित्र हो भन्ने हल्ला बजारमा पिटिएका छन् ।

यसै सम्बन्धमा ठुलोपर्दा डटकमसँग कुरा गर्दै निर्देशक चाम्सले आफुलाई प्रष्ट्याएका छन् । उनले बहिनीको लागि ‘हसिया’ नबनाएको बताएका छन् । निराधार र गलत हल्ला भएको भन्दै चाम्सले भने, ‘बहिनीको लागि भनेर नै चलचित्र बनाएको भन्ने हल्ला पूर्णरुपमा गलत हो । बहिनिको लागि, गर्लफ्रेण्डको लागि भनेर चलचित्र बनाउने नै होइन नि । बहिनीको लागि ‘हसिया’ बनाएको भन्ने समाचारलाई गलत ढंगबाट प्रचार गरिएको छ’ ।

Hasiya

रिलेशनको आधारमा चलचित्र नबनाएको र बनाउन पनि नहुने बताउँदै उनले चलचित्रमा फिट हुने भएर हेमालाई मूख्य पात्र बनाएको बताए । ”हसिया’ हेरिसकेपछि प्रमाणित हुन्छ, बहिनीको लागि बनाएको रहेछ की हेमा श्रेष्ठको ट्यालेन्सी देखेर बनाएको रहेछ । यो चलचित्रमा हेमा श्रेष्ठले बाहेक कुनै पनि हिरोइनले काम गर्न सक्दैन । त्यो फिट भएर मैले हेमालाई मूख्य पात्र बनाएको हो । बहिनीको रिलेशनले बहिनीको लागि चलचित्र बनाएको भन्ने सरासर गलत हो’ ।

म्यूजिक भिडियोमा हेमा श्रेष्ठलाई मात्र लिन्छ भन्ने आरोप समेत लागेका चाम्सले झण्डै डेढ सय म्यूजिक भिडियो मध्ये हेमालाई छ – सात वटामा मात्र लिएको ले त्यो हल्ला पनि निराधार भएको प्रष्ट पारे । चाम्स म्यूजिक भिडियो निर्देशनबाट चलचित्र निर्देशनमा पहिलोपटक आएका हुन् ।

प्रचार-प्रसारको बेला विदेशिएकी हेमाले ‘हसिया’लाई धोका दिएकी छिन् । हसियाकै कारण एयर होस्टेसमा नाम निकालेकी हेमा यतिबेला युएई को अबुधावीमा छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu