रोजगारी सृजना गर्न ‘कमेडी किरो राष्ट्रको हिरो’ नामक टेलिभिजन शोको घोषणा



काठमाडौं। रोजगारी सिर्जना गर्ने उद्देश्यसहित ‘कमेडी किरो, राष्ट्रको हिरो’ नामक नयाँ टेलिभिजन शोको घोषणा गरिएको छ। जनता टेलिभिजन, म्युजिक नेपालको युट्युब च्यानल, र रेडियो जनता ८९.१ मेगाहर्जबाट प्रसारण गरिने यो शो रेस्क्यु क्रियसनले निर्माण गर्नेछ।

घोषणा कार्यक्रममा यो कार्यक्रम कुनै प्रतियोगिता नभएर ‘कमेडी फर करियर’ भन्ने नाराका साथ रोजगारी सिर्जना गर्ने उद्देश्यले ल्याइएको जानकारी गराइयो। डिजिटल अडिसनमार्फत देशभरका प्रतिभाहरूलाई सहभागी गराइनेछ, जहाँबाट उत्कृष्ट २० जना प्रतिभाहरू छनोट गरिनेछन्। छनोट भएका यी प्रतिभाहरूलाई एक वर्षका लागि मासिक तलबसहितको रोजगारी दिने योजना शोका प्रोजेक्ट हेड समन अधिकारीले जानकारी दिए।

कार्यक्रमले युवा प्रतिभाहरूलाई मनोरञ्जन क्षेत्रमै करियर बनाउने अवसर दिनुका साथै उनीहरूको आर्थिक सुदृढीकरणमा पनि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।शोको औपचारिक घोषणा समारोहमा जनता टेलिभिजनका अध्यक्ष डा. विजय पौडेलले यस कार्यक्रमले धेरै जनालाई रोजगारी दिनुका साथै आर्थिक आर्जनमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने बताए। 

कार्यक्रमको निर्देशन मोहन अधिकारीले गर्नेछन् र कमेडियन दिनेश काफ्लेले सञ्चालन गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu