‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ…’का गायक प्रकाश तिमिल्सिनाको निधन



काठमाडौं। लोकप्रिय गायक प्रकाश तिमिल्सिनाको शनिवार साँझ निधन भएको छ। उनी आफ्नै घरमा बेडमा अचेत अवस्थामा फेला परेका थिए। परिवारका सदस्यहरूले उनलाई तत्काल पाटन अस्पताल पुर्‍याएका थिए तर चिकित्सकहरूले मृत घोषित गरे।

तिमिल्सिनाको अन्तिम संस्कार आइतबार बिहान पशुपति आर्यघाटमा गरिने तयारी गरिएको बताइएको छ।

तिमिल्सिना गायन प्रतियोगिता ‘नेपाली तारा’ मार्फत सङ्गीत क्षेत्रमा उदाएका थिए। भैंसेपाटीमा बस्दै आएका तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ…’, ‘नमान लाज यसरी…’, ‘नआएनी हुन्थ्यो…’  लगायतका दर्जनौँ गीतले उनलाई नेपाली सङ्गीत प्रेमीहरू माझ एक परिचित र सम्मानित गायकका रूपमा स्थापित गराएको थियो।

तिमिल्सिना सङ्गीतलाई आफ्नो जीवनको मुक्ति ठान्थे। विभिन्न रेडियो र टेलिभिजन कार्यक्रमहरू तथा दुई दर्जन बढी देशका साङ्गीतिक कार्यक्रममा सहभागी भएर उनले आफूलाई नेपाली सङ्गीतमा स्थापित गरेका थिए।

प्रकाश नरहे पनि उनका कालजयी गीतहरू श्रोताहरूको मनमा सधैँ जीवित रहनेछन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu