वैदेशिक रोजगारीको पीडा समेटिएको म्युजिकल चलचित्र ‘प्याकुली’ सार्वजनिक



काठमाडौं। वैदेशिक रोजगारमा गएका युवाको कथामा आधारित “प्याकुली” नामक म्युजिकल चलचित्र सार्वजनिक भएको छ। शनिवार काठमाडौंको सिटिसी मलस्थित वन सिनेमा हलमा आयोजित समारोहमा यो चलचित्र सार्वजनिक गरिएको हो।

नीतिन चन्दको निर्देशनमा बनेको यस चलचित्रमा आरआर खड्का, तलीशा गुरुङ, महेश खड्का, घनश्याम जोशी, बाल कलाकार रोनिश खड्का र अर्जुनकाजी श्रेष्ठले अभिनय गरेका छन्। बाबुल गिरीको सङ्गीत र स्वरमा रहेको यो गीतमा आरआर खड्काको शब्द छ।

चलचित्रमा गाउँ समाजका घटनालाई प्रस्तुत गर्दै मुख्य पात्र आरआर खड्काले सत्यता सुनेर मात्र निर्णय नगर्न आग्रह गरेका छन्। उनले “प्याकुली” घरघरको कथा भएको बताएका छन्, जसमा विदेशमा रहेका श्रीमान् र गाउँमा रहेका श्रीमतीबिचको सम्बन्धलाई चित्रण गरिएको छ।

चलचित्रमा अभिनय गरेकी तलीशा गुरुङले नेपाली समाजको कथा प्रस्तुत गर्न पाउँदा खुसी लागेको बताइन्। गायक बाबुल गिरीले यो गीतलाई समाजको यथार्थ चित्रण गर्ने उत्कृष्ट गीतको रूपमा वर्णन गरेका छन्।

समारोहमा कलाकार तथा निर्देशक दिपाश्री निरौलाले गीतलाई फरक र उत्कृष्ट भन्दै प्रशंसा गरिन्। कार्यक्रममा शिवहरी पौडेल, निर्देशक ज्ञानेन्द्र देउजा लगायतका कला क्षेत्रका थुप्रै हस्तिहरूको उपस्थिति रहेको थियो।

हेर्नुहोस् ‘प्याकुली’:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu