केतन क्षेत्रीको गीत ‘संसारै मायाको’ सार्वजनिक



काठमाडौं: ‘लै लै’ जस्तो हिट गीतबाट चर्चामा आएका गायक केतन क्षेत्रीले आफ्नो नयाँ गीत ‘संसारै मायाको’ सार्वजनिक गरेका छन्। दरबारमार्गमा आयोजित केतनका फ्यानहरूदेखि लिएर नेपाली फिल्म उद्योगका चर्चित हस्तीहरू सम्मिलित एक विशेष कार्यक्रममा गीत सार्वजनिक गरिएको हो।

केतनले ‘संसारै मायाको’ गीतमा सङ्गीत मात्र प्रस्तुत गरेका छैनन्, उनी आफैँ पनि यो भिडियोमा अभिनय गर्दै देखिएका छन्। थोमस जीएमको निर्देशनमा बनेको यसको भिडियोमा सान्या केशवानीसँगको उनको ‘अनस्क्रीन केमेस्ट्री’ले गीतको भावलाई अझै प्रगाढ बनाएको छ। यसमा सिनेमाटोग्राफी र सम्पादन समीर भिजनको रहेको छ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu