शिक्षा मन्त्रीबाट नेपाल-अफ्रिका फिल्म फेस्टिवल उद्घाटन हुने



african[dropcap]‘चौ[/dropcap]थो नेपाल-अफ्रिका फिल्म फेस्टिवल २०१४’ यहि जेठ ६ देखी जेठ ८ सम्म काठमाडौंमा हुने भएको छ । आठ वटा विदेशी डकुमेन्ट्री र ठुलोपर्दाको नेपाली चलचित्र ‘राहदानी’ सहित दुई नेपाली फिल्म देखाईने यो फेस्टिवल रसियन कल्चर सेन्टरमा सञ्चालन हुनेछ ।

राजधानीमा आयोजित एक कार्यक्रममा यो फेस्टिवल हुन लागेको जानकारी गराईयो । फेस्टिवलको उद्घाटन जेठ ६ गते शिक्षा मन्त्री चित्रालेखा यादवबाट हुनेछ । फेस्टिवललाई ‘कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन’ (सिजेएमसी)’ले आयोजना गर्न लागेको हो ।

फेस्टिवलमा ‘टुकीबुकी, ‘दि ग्रिन ड्रिम’, ‘दि ग्रुम्स् ब्राईड’, ‘मदर अफ जर्ज’, ‘ल ईन्फेन्ट ईन्डर्मी’, वीनी मण्डेला’, ‘वार वीच’, ‘ईन्भी लुष्ट’को साथमा नेपाली चलचित्र ‘बनफुल’ र ‘राहदानी देखाईने भएको हो । जहाँ नेपाल, घाना, सेनेगल, युगाण्डा, कंगो, मोरक्को, साउथ अफ्रिका देशका चलचित्र तथा डकुमेन्ट्रीहरु समावेश छन् ।

नेपाल र अफ्रिकी मुलुकबीचको संस्कृती आदान प्रदान होस भनेर र दुई देश बीचको सम्बन्ध अझै प्रगाढ होस भनेर यो फेस्टिवल आयोजना गरिँदै आएको आयोजक सँस्थाकी प्रमुख डा. मञ्जु मिश्रले बताईन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu