तेस्रो मिलाप तीज उत्सव सम्पन्न



काठमाडौं- ‘भाषा, साहित्य, कला संस्कृति र मौलिकताको संरक्षण तथा संवर्द्धन गरौँ’ भन्ने मूल नाराका साथ तेस्रो मिलाप तीज उत्सव काठमाडौंमा सम्पन्न भएको छ। मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउन्डेसनकी अध्यक्ष गीता अधिकारीको सभापतित्वमा आयोजित यस समारोहमा वरिष्ठ गायिका देविका वन्दनाको प्रमुख आतिथ्यता रहेको थियो।

यस अवसरमा यमकुमारी कला सम्मान २०८१ बाट महिला द्वन्द्व निर्देशक किरण दाहाल, साहित्यकार राधा भण्डारी, रङ्ग पत्रकार सवी कार्की खड्का, मेकअप आर्टिष्ट सञ्जु ढकाल, गायिका सुमी पराजुली, सरिता थापामगर, र ट्याटु आर्टिष्ट सुनिता कुँवरलाई तीज मिलाप सम्मान प्रदान गरियो। साथै, गीता अधिकारीको तीज गीत ‘बजाउँदै चुरा’का स्रष्टालाई समेत मायाको चिनो दिइएको थियो।

कार्यक्रममा अतिथिहरूले तीजलाई सभ्य र मौलिक रूपमा मनाउनुपर्नेमा जोड दिँदै मिलापका कार्यहरूको प्रशंसा गरे। तीजको दर खाँदै, दिदीबहिनीहरूले तीजका गीतमा नाचगान गर्दै उत्सव मनाए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu