हसाँउनको लागि आउँदैछ ‘हमजाएगा’



hamjayega

नेपाल र भारतको दार्जिलिङ आसपासमा प्रचलित अनि धैरैले सुनेको शब्द हो ‘हमजाएगा’ । यो शब्द झट्ट सुन्दा नै रोमान्टिक कुराको लागी प्रयोग हुने ठान्न सकिन्छ । यो शब्दलाई नै जोडेर कमेडी जनरामा चलचित्र ‘हमजाएगा’ बनेको भएको छ । हाल पोष्टप्रोडक्शनमा रहेको यो चलचित्र मुनाल फिल्मस् प्रालीको ब्यानरमा तयार हुँदै छ ।

चलचित्रको निर्माण कम्पनिको तर्फबाट एक विज्ञप्ती जारी गरी ‘हमजाएगा’ चलचित्र यो शब्दलाई प्रयोगमा ल्याउने तथा ‘हमजाएगा’ बाट परिचित दलबहादुर गुरुङको जीवनीमा आधारित नभएको स्पष्ट पारिएको छ । विज्ञप्तीमा चलचित्र उनको जीवनीमा आधारित नभएको तर रोमान्टिक बिषय भने चलचित्रले उठान गरेको खुलाईएको छ ।

hamjayaga
बाबु श्रेष्ठले खिचेको यो चलचित्रलाई सुरेन्द्र पुनःले निर्देशन गरेका छन् । चलचित्रको कथा पनि निर्देशक स्वयंम को नै हो । चलचित्रमा बाबु बोगटी, विल्सन विक्रम राई, पार्वती राई, मनोज आरसी, रवि गिरी, ऋचा धिताल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

टंक गुरूङ, सूर्य ल्वोन, ओम कुमारी पुन र सरस्वती लामा चलचित्रका निर्माता हुन् । योगेन्द्र श्रेष्ठले द्वन्द्व निर्देशन गरेको यो चलचित्रमा नृत्य कमल राईको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu