गायक प्रमोद खरेल र परम्परा ब्याण्डको प्रस्तुति सहित ‘पोटाला दरबार’को उद्घाटन हुने



काठमाडौं। काठमाडौंको ठमेलस्थित ‘पोटाला दरबार लाउन्ज एण्ड बार’को उद्घाटन आगामी भदौ २८ गते शुक्रवार हुने भएको छ। उद्घाटनमा चर्चित गायक प्रमोद खरेल र परम्परा ब्याण्डको लाइभ प्रस्तुति हुने बताइएको छ।

पोटाला दरबार लाउन्जले उद्घाटनको अवसरलाई विशेष बनाउन प्रमोद खरेल र परम्परा ब्याण्डको सङ्गीतमय प्रस्तुति आयोजना गरेको जनाएको छ। खरेल नेपाली सङ्गीत उद्योगमा आफ्नो विशिष्ट आवाज र सशक्त प्रस्तुतिका लागि परिचित छन्। प्रमोद एण्ड परम्परा ब्याण्डले हालै मात्र साउदी अरबमा बृहत कन्सर्ट गरेर फर्केको थियो। तिहार लगत्तै यूएईमा बृहत कन्सर्टको लागि तयारी चलिरहेको छ।

परम्परा ब्याण्डमा प्रमोद खरेल (गायक), सुरज प्रधान(गिटार), कुशल थापा (बास गिटार), भुपेन रसाइली (ड्रम), दिनेश रेग्मी/रुपम गुरुङ (किबोर्ड), सन्जिव मैनाली (फ्ल्यूट), जेपी जोशी (मादल), सुधिर चौधरी (तबला) लगायतका कलाकारहरू रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu