‘तिम्रै हुने मन छ’ गीतको भिडियो सार्वजनिक



काठमाडौं। गायक सूर्य भुजेल र गायिका नित्या शिवाको स्वरमा रहेको गीत ‘तिम्रै हुने मन छ’को भिडियो सार्वजनिक भएको छ। गीतमा शङ्कर अधिकारी ‘घायल’को शब्द, पुरुषोत्तम न्यौपानेको सङ्गीत तथा एरेन्ज र राजीव शाहको मिक्सिङ र मास्टरिङ समावेश छ।

सञ्चारकर्मी कुमार आचार्यले निर्देशन गरेको भिडियोमा सलोन बस्नेत, सिमोन गिरी र नरेश पौडेल फिचर्ड छन्। भिडियोमा पुरानो समयको प्रेमकथा देखाइएको छ, जहाँ सलोन र सिमोनको रोमान्सलाई प्रस्तुत गरिएको छ भने नरेशलाई सिमोनको बुवाको भूमिकामा प्रेमको विरोधीका रूपमा देखाइएको छ।

ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको यस भिडियोमा सुरेश पाण्डेको कोरियोग्राफी, ईश्वर सिंकेमनको सिनेमाटोग्राफी, सौरभ लामाको डिओपी, बन्दे प्रसादको सम्पादन, प्रवीण ढकालका कलर, राकेश दाहालको पोस्टर डिजाइन, केवलमान सिंह बस्नेतको प्रोडक्सन, र प्रिज्मा तथा रितु श्रेष्ठको मेकअप रहेको छ। भिडियोको पोस्ट-प्रोडक्सन मुभी पोइन्टमा सम्पन्न गरिएको हो।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu