सायदको वियोग आभाषले मेटाउला त ?



sunil-samyamठुलोपर्दा डटकम, काठमाण्डौ ।
दुई बर्ष पहिले सायदको निर्माणसँगै अभिनयमा पनि देखा परेका थिए सुनिल रावल । एक महत्वपूर्ण भुमिकामा उनि थिए । आँफैले बनाएको दोश्रो चलचित्र होस्टेलमा पनि सुनिललाई देखियो । गोविन्द शाहिले बनाउँदै गरेको चलचित्र आभाषमा पनि रावल देखिने भएका छन् ।

सुनिल र संयम पुरीको जोडी फेरी आभाषमा देखिने भएको हो । सायदमा दाजुभाई बनेको यो जोडी आभाषमा कस्तो हुनेछ त्यो खुलाईएको छैन । सायदमा भाईले नै दाईलाई गोली हानेका थिए । आभाषले उक्त पिडादायक दृश्यलाई मेटाउने विश्वास गरिएको छ ।

आभाष निर्देशन गर्दै चर्चित चलचित्र सम्पादक सुरेन्द्र पौडेलले डेब्यू गर्दैछन् । आभाषमा सुनिल र संयमको साथमा सलोन बस्नेत, आस्मा डिसी लगाएतको अभिनय रहने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu