‘सेतो बाघ’मा तनाव, प्रेम र घृणा देखि षड्यन्त्र सम्म | भिडियो



seto-bagh

ठुलोपर्दा डटकम, काठमाडौँ ।
बरिष्ठ कलाकार, निर्देशक निर शाह द्वारा निर्देशित चलचित्र ‘सेतो बाघ’को अफिसियल टिजर सार्वजनिक गरिएको छ  । ऐतिहासिक उपन्यास ‘सेतो बाघ’ माथि निर्मित यो चलचित्रको सार्वजनिक टिजरमा चलचित्रले समेटेको मुख्य पाटोलाई देखाउने प्रयास गरिएको छ  ।

यो चलचित्र ‘सेतो बाघ’  जंग बहादुर राणाको जीवनको ३० दिने जीवन कहानीमा केन्द्रित रही निर्माण गरिएको हो । चलचित्र भित्र जंगबहादुर राणाको भूमिकामा वि.एस. राणा  अभिनयमा छन् । त्यसो त सार्वजनिक चलचित्रको टिजरमा पनि मुख्यत: फोकस उनलाई नै गरिएको भान हुन्छ । यो चलचित्र उनि संगै रवि गिरी, श्याम राई,अन्जना कट्टेल, पवन मैनाली, राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय छ ।

टिजर हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu