
काठमाडौं – गायिका रानी शाक्य र गायक विनीत सिंह को स्वरमा नयाँ हिन्दी गीत ‘हमनवा’ सार्वजनिक भएको छ । राज वीर र विनय चौधरी को शब्द तथा सङ्गीत रहेको यो गीतलाई रोमान्टिक शैलीमा तयार पारिएको छ ।
गीतको भिडियोमा अभिनेता करण मेहेरा र अभिनेत्री अम्बिका भानी प्रेमिल मुडमा देखिएका छन् । नितिन चन्द को निर्देशनमा तयार भएको भिडियोमा विष्णु को छायाङ्कन र माभेरिक को सम्पादन छ ।
हाल अमेरिका बसेर साङ्गीतिक यात्रा अगाडि बढाइरहेकी रानी शाक्य ले यो हिन्दी गीतलाई पनि आफ्ना नेपाली गीतहरू जस्तै दर्शकले मन पराउने विश्वास व्यक्त गरेकी छिन् ।
भिडियो: