सलमान-कैटरिना एकसाथ ?



salman-kaitrinaबलिउडका दबंग सलमान खान र कैटरिनाको जोडी फेरी एकपटक सिल्भर स्क्रिनमा सँगै देखिने भएको छ । प्रोड्युसर साजिद नाडियाडवालाको चलचित्र ‘किक’को एक आईटम गीतमा यो जोडी सँगै देखिने भएको हो ।

सम्बन्ध चिसिएको भन्दै अब आउने चलचित्रमा सलमान र कट्रिना एकसाथ नदेखीने भन्ने हल्ला बाहिर आईरहँदा यो खबरले भने यी पुर्व प्रेम जोडी सलमान र कट्रिनाबीच सम्बन्ध राम्रो नै रहेको प्रष्टिएको छ । स्रोतका अनुसार चलचित्र ‘किक’को एक गीतमा यो जोडी पर्दामा देखीनेछ ।

सलमानको अपोजिशनमा नाच्ने अर्को कुनै नायिका कैटरिना बराबर ‘फिट’ नदेखिने भएकोले नै निर्माण टिमले सलमानसँग कट्रिनालाई नै नचाउन लागेको बताईएको छ । तर, यसको लागी निर्माता साजिदले निर्णय लिईसकेको भएपनि सलमानको निर्णय आउन भने बाँकी छ ।

‘किक’को यो आईटम गीतको छायांकन जुन महिनामा गरिनेछ । यो जोडी पछिल्लो समय चलचित्र ‘एक था टाईगर’मा सँगै देखिएको थियो । चलचित्र ‘किक’मा लिड रोलमा भने सलमानसँगै जैकलिन फर्नांडिज देखिँदैछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu