
काठमाडौं – सामाजिक क्षेत्रमा क्रियाशील अभियन्ता तथा चलचित्र निर्माता चक्र बहादुर चन्दले गीत लेखनमा समेत आफ्नो पहिचान बनाएका छन् । हालै उनको शब्दमा रहेको नयाँ गीत ‘यो माया भन्ने चिज’ सार्वजनिक भएको छ ।
गायिका सपना शाहीको आवाज र बिबि अनुरागीको सङ्गीत रहेको यो गीत सपना शाहीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतकार चन्दले गीतलाई भ्यालेन्टाइन डेको अवसर पारेर प्रेमिल गीत बजारमा ल्याएको बताए ।
गीतको भिडियोको कन्सेप्ट पनि चन्दकै हो । किशोर सिंहले छायाङ्कन गरेको भिडियोका सम्पादक हरिश धिताल हुन् । प्रिज्म स्टुडियोले सम्पादन गरेको छ । यो गीतले माया र प्रेमको भावनालाई उजागर गरेको छ ।
भिडियो: