गायिका बन्ने दृष्टिविहीन युवतीको कथामा यश कुमारले बनाए साङ्गीतिक चलचित्र



काठमाडौं – वरिष्ठ गायक यश कुमारको नयाँ साङ्गीतिक चलचित्र ‘तिम्रो मेरो मायामा’ सार्वजनिक भएको छ । गायक कुमारले सोमबार काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरी आफ्नो २० मिनेट लामो साङ्गीतिक चलचित्रको भिडियो सार्वजनिक गरेका हुन् ।

उक्त भिडियो सार्वजनिक कार्यक्रममा वरिष्ठ साहित्यकार राज मुकारुङ प्रमुख अतिथिको रूपमा उपस्थित थिए । कार्यक्रममा बोल्दै मुकारुङले यश कुमार नेपाली सङ्गीत क्षेत्रको महत्त्वपूर्ण हिस्सा भएको बताए । उनले विगत तीन दशकदेखि यश कुमारले नेपाली सङ्गीतमा आफ्नो बेग्लै पहिचान बनाएको कुरा व्यक्त गरे ।

‘तिम्रो मेरो मायामा’ गीतमा यश कुमार र स्मिता प्रधानको सुमधुर स्वर रहेको छ । भिडियोमा गायक र गायिका स्वयम्ले नै अभिनय गरेका छन् । यस गीतको शब्द, सङ्गीत र भिडियो निर्देशन यश कुमार आफैँले गरेका हुन् । भिडियोमा यश र स्मिताको साथमा रमिला मोक्तान, रेसम बुढाथोकी, र कल्याण ढुङ्गाना लगायत कलाकारहरूको पनि अभिनय देख्न सकिन्छ ।

यस चलचित्रमा सङ्गीत क्षेत्रमा भविष्य बनाउने सपना देखेकी दृष्टिविहीन युवतीको यात्रामा आफुले साथ दिएको कथा यशले उतारेका छन् ।

दिनेश पराजुली र उनको समूहले छायाङ्कन गरेको भिडियोको प्रोडक्सन डिजाइनर करण सिंह हुन् भने सम्पादन विकास धमलाले गरेका हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu