
काठमाडौं – गायिका एलिना चौहानले पति विष्णु सापकोटासँगको वैवाहिक सम्बन्धलाई कानुनी रूपमा अन्त्य गरेपछि आफ्नो फेसबुकमा एक मार्मिक सन्देश सार्वजनिक गरेकी छिन् । उक्त सन्देशमा उनले वैवाहिक जीवनका प्रतीकहरू, जस्तै: अग्निलाई साक्षी राखेर लगाइएका फेरा, सिउँदोमा सिन्दूर, हातभरिका चुरा, सेतो लगनको गाँठो, र विवाह दर्ताको प्रमाणपत्र अझै उस्तै रहेको उल्लेख गर्दै, यी बाह्य प्रतीकहरू मात्र विवाहको पूर्णता नभएको बताएकी छिन् ।
चौहानले भावनात्मक मिलन, आपसी विश्वास, र समझदारी नै विवाहको मुख्य प्राण रहेको तर यिनै कुराहरूको अभावले सम्बन्धमा अल्पायुमै पूर्णविराम लागेको लेखेकी छन् । उनले यो निर्णय रहरले नभई बाध्यताले लिएको स्पष्ट पार्दै, पतिलाई बाँकी जीवनका लागि धेरै शुभकामना व्यक्त गरेकी छिन् । साथै, पत्नीका रूपमा पाउने सम्पत्ति पतिका प्रगति र उन्नतिका लागि छोडेको पनि उल्लेख गरेकी छिन् ।
यसअघि, एलिनाले काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी थिइन् । फिराद पत्रमा उनले कार्यक्रमहरूमा अबेरसम्म बस्नुपर्दा पति विष्णु सापकोटाले शङ्का गर्ने, कार्यक्रमको बीचमै फोन गरेर घर बोलाउने जस्ता क्रियाकलापले मानसिक कष्ट दिएको उल्लेख गरेकी थिइन् । यसले गर्दा वैवाहिक सम्बन्ध सुमधुर रूपमा अगाडि बढ्न नसकेको र भावनात्मक रूपमा सम्बन्ध कायम नरहेको उनले बताएकी थिइन् ।
यस्तो छ उनको पूर्ण सन्देश:
