प्रेम सम्बन्धको प्रश्नमा झर्किन्छिन् दीपिका



deepika-ranveer

दीपिका पादुकोण र रणबीर कपूर प्रेम सम्बन्धबाट टाढिएको लामो समय भइसक्यो तर पनि यि दुई ‘ये जवानी है दीवानी’मा सँगै देखिए । छिट्टै यिनिहरु इम्तियाज अलीको चलचित्र ‘तमाशा’मा देखिनेछन् । तरपनि दिपिकालाई उनको लवलाईफ बारे प्रश्न गर्दा झर्को मान्छिन् ।

जब दीपिकासँग सोधियो कि ‘रणबीरसँग सम्बन्ध टुटेपछि प्रेमबारे विश्वास टुटेको हो त ?’ दिपिकाले भनिन्, ‘यस्तो होइन । न मेरो प्रेम बारे विश्वास टुटेको हो, न त सम्बन्धमा नै’ म प्रेम सम्झेर जलेर बस्दिन’ ।

दीपिकाले अगाडी भनिन्, ‘सँधै चलचित्रका स्टारसँग उसको निजी जिन्दगीबारे प्रश्न सोधिन्छ । खेलाडी, नेता या व्यापारीसँग यस्तो प्रश्न किन आउँदैन ?’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu