
काठमाडौं – केशव पाण्डेको निर्देशनमा बनेको चलचित्र ‘११:५५’ (डु नट ट्रस्ट एनिवन) को पहिलो गीत ‘रोक्ने छैन’ सार्वजनिक भएको छ । शुक्रवार रिलिज भएको गीतमा अल्मोडा राणा उप्रेतीले शब्द, सङ्गीत, एरेञ्ज र स्वर दिएका छन्, जसमा सुमन परियारको समेत स्वर समावेश छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र डेब्यु अभिनेता सागर खनाल फिचर्ड छन् । आकर्षक भिडियोग्राफी र दमदार सङ्गीतका कारण गीतले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ । केही दिनअघि सार्वजनिक भएको चलचित्रको टिजरले सकारात्मक चर्चा पाएको कारण गीतप्रति पनि दर्शकको चासो बढेको निर्माण टिमको विश्वास छ ।
क्राइम थ्रिलर जनरामा निर्माण भएको ‘११:५५’ मा एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको कथा लेखनमा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको सहकार्य रहेको छ ।
प्राविधिक पक्षलाई विशेष ध्यान दिइएको चलचित्रमा अल्मोडा राणा उप्रेतीको सङ्गीत, देव महर्जनको द्वन्द्व निर्देशन, प्रद्युम्न मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्राफी, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउन्ड डिजाइन तथा मिक्सिङ, पासाङ दावा शेर्पाको सम्पादन, र सुवास राज काफ्ले प्रोडक्सन डिजाइनरको रूपमा रहेका छन् ।
विचित्र फिल्मस् र गुड जब आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता श्याम शर्मा र सरोजा शर्मा हुन् भने कार्यकारी निर्माता एमएस अग्रज छन् । कुवेर सिने डिस्ट्रीब्युसन प्रालिले चलचित्रको वितरण गर्नेछ ।
गीत: