सुमिना र गरिमाको ‘रङ् वैजनी’ सकियो



sumina

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
शम्भू प्रधान निर्देशित चलचित्र ‘रङ वैजनी’ को सुटिङ सकिएको छ । सुटिङ सकिएसँगै यो हप्ता नै चलचित्रलाई पोष्ट प्रोडक्शनमा लैजाने तयारीमा निर्माण युनिट जुटेको छ । चलचित्रको सम्पादनको काम सिनेजोन स्टुडियोमा हुनेछ ।

पुर्वअनुमानित तालिका अनुसार २९ दिन भित्र नै यो चलचित्रको छायाँकनको सम्पुर्ण काम सकाईएको हो । चलचित्रका सबै दृश्य काठमाडौंमा लिईएको छ ।

पुराना निर्देशक प्रधान लामो समयपछी ‘रङ वैजनी’ मार्फत चलचित्र निर्देशनमा फर्केका हुन । चलचित्रलाई शशांक प्रधानले खिचेका छन । प्रेमकथामा आधारित भनिएको यो चलचित्रमा गरिमा पन्त, सुमिना घिमिरे र दिक्पाल कार्की लिड रोलमा छन । यो चलचित्रमा संगीत भने दिप प्रधानको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu