पति छोडेकी करिश्माले व्यापारीसँग बिवाह गर्दै



karishma-kapoor

भर्खरै पति संजयसँग पारपाचुके गरेकी वलिउड नायिका करिश्मा कपूरले छिट्टै दोश्रो बिवाह गर्ने भएकी छिन् । उनी मुम्बईका व्यापारी संदीप तोशिवालसँग डेटमा छिन् । यो सम्बन्धलाई छिट्टै बैवाहिक बनाईने श्रोतले उल्लेख गरेको छ ।

भारतिय सञ्चारमाध्यमहरुका अनुसार संदीपले करिश्मालाई त्यो बेला देखी भावनात्मक सपोर्ट गर्दै आएका थिए जतिबेला श्रीमानसँगको सम्बन्धमा समस्या आएको थियो । यतिमात्र नभएर डिभोर्सको लागि समेत कानुनी मद्दत गरेका थिए ।

करिश्माले पतिसँगको डिभोर्सपछि संदीपसँग बिवाह गर्ने फैसला गरेकी थिइन् । सुत्रका अनुसार यसकारण डिभोर्स गरिन किनकी उनि संदीपसँग बिवाह गर्न चाहन्थिन् । करिश्माको परिवारले संदीपलाई मिल्ने साथी बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu