कसैलाई बाध्यता कसैलाई रहर, यो कस्तो शहर



shahar-1

ठुलोपर्दा डटकम, पोखरा ।
धेरै मानिस बसोबास गर्ने ठाऊँ। बाटो, खानेपानी, टेलिफोन, बिजुली सबै सुविधा सम्पन्न, जहाँ हरेक भुगोल, परिवेश, संस्कार, कला-सँस्कृती तथा भावना बोकेला धेरै मानिसहरू बसोबास गर्ने ठाउँ । हो यस्तो शहरका विविध कथा । खुल्ला शहरका अन्तरकुन्तरका कथा जुन कति लुकेका छन् त कति छताछुल्ल छन् । यस्तै कथालाई सबैमाझ ल्याउने प्रयास स्वरुप टेलिफिल्म ‘शहर’ बनेको छ ।

shahar-2

पोखरेली युवाहरुको ठुलो सपना थियो । पोखरा शहरलाई स्वच्छ सुन्दर अनि सँस्कारयुक्त बनाउने । त्यो सपना बोकेर धेरै युवाले धेरै कोशिस गरे । तर, भनेजस्तो भएन । नेपालको स्विटजरल्याण्ड बन्यो तर त्यो शहरका मानिसमा विवेक पलाएन । शहरमा बाँच्नको लागि धेरै युवतीले ज्यान बेचे । श्रीमान विदेश हुनेहरु मोजमस्तीमा रमाए । अनेकन तनावले धेरै युवा कुलतमा फसे । जागिर खानेहरु कोठा भाडा तिर्न नकसेर घरबेटीको गलत्याईमा परे । पेसाको धर्म बिर्सेर स्वार्थपुर्तिमा लाग्न बाध्य भए । सडकमा दिनदिनै घरबार बिहिनहरु देखिदै गए ।

shahar-3

यस्तै घटना दिनानुदिन देख्दै जाँदा पोखरामा पत्रकारिता गर्दै म्युजिक भिडियो निर्देशन गरिरहेका युवा निर्देशक अपिल त्रिपाठीको मनमा नयाँ कुरा उब्जियो । उनले ति वास्तविक घटनालाई कथामा रुपान्तरण गरि पर्दामा ल्याउने कोशिस गरेका छन् । पोखरामै पहिलो पटक टेलिचलचित्र बनाउने प्रयास गरे । राजधानी बाहिरबाट यति ठुलो प्रयास गर्नु चानचुने कुरा थिएन । थुप्रै अल्झनका बीच उनि सफल भए । उनले भर्खरै ‘शहर’को प्रमोशनल गीत सार्वजनिक गरेका छन् । ‘शहर’ स्थानिय गण्डकी टेलिभिजनबाट प्रसारणको तयारीमा छ ।

shahar1

‘यो शहर हो …’ बोलको यो गीतमा राज सिग्देलले स्वर दिएका छन् । शिशिर साधकले संगीत दिएका छन् भने मन क्षेत्री रचनाकार हुन् । गीतले शहर कसैलाई बाध्यता हो भने कसैलाई रहर भएको भाव दिन्छ ।

 गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu