‘महाराजधिराज’मा रमेश उप्रेती अनुबन्धित



काठमाडौं – लामो समयपछि अभिनेता रमेश उप्रेती चलचित्रमा फर्किने भएका छन् । उनी  परिच्छेद सेनको नयाँ चलचित्र ‘महाराजधिराज’ मा अनुबन्धित भएका हुन् । यो चलचित्रमा रमेश एक महत्त्वपूर्ण भूमिकामा देखिने निर्देशकले बताए ।

अभिनेता उप्रेती यसअघि २०७४ सालमा प्रदर्शन भएको चलचित्र ‘ऐश्वर्य’ मा देखिएका थिए । त्यसपछि उनी केही चलचित्रमा अनुबन्ध भए पनि ती चलचित्र प्रदर्शनमा आउन सकेनन् । यद्यपि, यस बीचमा उनी केही म्युजिक भिडियोहरूमा भने देखिएका थिए ।

‘महाराजाधिराज’को निर्देशन परिच्छेद सेनले गर्दैछन् । यसअघि सेन निर्देशित चलचित्र ‘प्रेमगञ्ज’ ले समीक्षकहरूबाट राम्रो प्रतिक्रिया पाएको थियो ।

चलचित्रको निर्माण पक्षले यसअघि नै अभिनेता पल शाहलाई मुख्य भूमिकामा अनुबन्ध गरिसकेको छ । यस वर्षको वडा दसैँको फूलपातीको दिन रिलिज गर्ने बताइएको यस चलचित्रका प्रस्तुत कर्ता बिराज विष्ट हुन्, जसले यसअघि राष्ट्रिय पुरस्कार विजेता चलचित्र ‘बुलाकी’ निर्माण गरेका थिए । टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का यस चलचित्रका निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu