काठमाडौं – आउँदो असार २७ गते प्रदर्शन हुने चलचित्र ‘यो मन त मेरो नेपाली हो’को दोस्रो गीत सार्वजनिक भएको छ । ‘हेर लौ नेपाल आमाको’ बोलको यो खैँजडी भाकामा आधारित गीतमा नेपालको इतिहास र वर्तमान अवस्थालाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ ।
अनीश अधिकारीले गाएको र शब्द लेखेको यो गीतमा चलचित्रका मुख्य कलाकारहरू रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, बिजिता बर्देवा, देवराज राजवंशी र स्वयं अनीश अधिकारीलाई देख्न सकिन्छ । यसअघि सार्वजनिक भएको चलचित्रको पहिलो गीत ‘तिम्रो आँखै रसिलो’ लाई दर्शकहरूले निकै मन पराएका थिए । नयाँ गीतको नृत्य निर्देशन प्रमोद भण्डारीले गरेका हुन् ।
चलचित्रमा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन ‘मन्त्री’, सुवास भण्डारी, विजय सुब्बा, बिजिता बर्देवा, र देवराज राजवंशी लगायत कलाकारहरूको अभिनय रहेको छ । पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुति रहेको यो चलचित्रलाई मित्र प्रधानले प्रस्तुत गरेका हुन् भने ज्ञान बहादुर प्रधान (रोशन) यसका निर्माता हुन् ।
अमेरिकामा रहेका साहित्यकार मित्र प्रधानले निर्देशन गरेको यो चलचित्रले विदेशमा बस्ने नेपालीहरूको भावना र मुद्दालाई उठान गरेको छ ।
शिवम् अधिकारीले लेखेको यो चलचित्रले संसारका विभिन्न देशहरूमा बसोबास गरिरहेका नेपालीहरूले आफ्नो कला, रीतिरिवाज र संस्कृति बिर्सिँदै गएको विषयलाई देखाउँदै नेपाली भाषाप्रतिको आकर्षण, महत्त्व र इतिहासलाई उजागर गर्ने प्रयास गरेको दाबी गरिएको छ । चलचित्रमा दीपक शर्माको सङ्गीत, सौरभ लामाको छायाङ्कन, देव महर्जनको द्वन्द्व निर्देशन, समीर मियाको भिएफएक्स र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । यो चलचित्रलाई आरआर फिल्मस् प्रा.लि.ले वितरण गर्नेछ ।
गीत: